संघीय सरकारबाट पाउने बजेट तपाइको पालिकालाई कति ? (सूचीसहित)

काठमाडौं । संघीय सरकारबाट प्रदेश र स्थानीय तहले पाउने रकम सार्वजनिक भएको छ । आर्थिक वर्षका लागि स्थानीय तहलाई १ खर्ब ३ अर्ब १४ करोड २१ लाख विनियोजन गरेको छ ।

जुन चालु आवको तुलनामा १२ प्रतिशतले कम हो । चालु आवका लागि सरकारले १ अर्ब १६ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस्तै प्रदेश तर्फको बजेट पनि ४ प्रतिशतले घटेको छ ।

चालु आवका लागि सरकारले ७२ अर्ब २९ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आगामी आवका लागि भने ६९ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ मात्र विनियोजन गरेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड गरी जम्मा रु एक खर्ब ४६ अर्ब दुई करोड वित्तीय हस्तान्तरण गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले बताए।

आगामी आर्थिक वर्ष २०८०/८१ मा ससर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई एक खर्ब ९१ अर्ब ८९ करोड गरी जम्मा रु दुई खर्ब २७ अर्ब ६१ करोड विनियोजन भएको छ।

त्यसैगरी, समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब २२ करोड र स्थानीय तहलाई सात अर्ब पाँच करोड गरी जम्मा १३ अर्ब २७ करोड विनियोजन गरिएको छ।

विशेष अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः रु चार अर्ब ४६ करोड र रु आठ अर्ब ७३ करोड विनियोजन गरिएको छ।

कुन स्थानीय तहले कति पाए बजेट ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here