सन्दीप दक्षिण अफ्रिका नजाने, टिमलाई दिए शुभकामना

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा नजाने भएका छन् । जिम्बाव्वेमा हुने एकदिवशीय विश्वकप छनोटका लागि वातानुकुलित तयारी गर्न नेपाल टिम मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ ।

नेपाली टिमले दक्षिण अफ्रिकामा रहँदा स्थानीय टिमहरुसँग चारवटा अभ्यास खेल खेल्नेछ । नेपाली टिम उतैबाट जिम्बाव्वे प्रस्थान गर्नेछ । नेपालले जिम्बाव्वेमा ३० र ३२ जेठमा ओमान र यूएईसँग अभ्यास खेल खेल्नेछ ।

विश्वकप छनोट ३ असारदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा टेष्ट मान्यताप्राप्त घरेलु टिम जिम्बाव्वेको सामना गर्नेछ । ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज र ९ असारमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

आफूविरुद्धको बलात्कार मुद्दा टुंगो नलागेका अफ्रिका नजाने निर्णय गरेका उनले टिमलाई शुभकामना दिएका छन्। नेपाली टिममा विश्वास गरेको र राम्रो गर्ने भन्दै शुभकामनासमेत सन्दीपले दिएका छन्।

नेपालले जिम्बावेमा विश्वकप छनोट खेल्दै छ । सन्दीपविरुद्ध लागेको बलात्कारको आरोपको फैसला सुनुवाई विभिन्न बहानामा सर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here