काठमाडौंबाट पोखरा जाँदै गरेको बस पल्टियो

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस अनियन्त्रित भई चितवनको ईच्छाकामना-५ पानीधारास्थित पृथ्वी राजमार्गमा पल्टिएको छ । बसमा सवार ३० जना यात्रुमध्ये २१ जना घाइते र १ जनाको अवस्था गम्भीर छ।

१७ जनाको पुरानो मेडिकल कलेजमा, एक जनाको चितवन मेडिकल कलेज र तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले छ।

बसका चालक तनहुँको भिमाद-२ बस्ने २५ वर्षीय लेखबहादुर थापा प्रहरीको नियन्त्रणमा छन्। घटनास्थल मुग्लिनदेखि एक किलोमिटर पर पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here