उच्च अंकले घट्यो नेप्से, कारोबार रकम भने उत्साहजनक

काठमाडौं । बजेटपछि शेयर बजारमा निरन्तर पहिरो गएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा यसअघि एफपीओ र मर्जरबाट प्राप्त आम्दानीको कर तिर्नुपर्ने व्यवस्था गरेपछि नेप्सेमा पहिरो गएको हो ।

यो व्यवस्थापछि यसअघि मर्जरमा गएका र एफपीओ जारी गरेका संस्थाहरुले थप कर तिर्नुपर्ने भएको छ । जसकारण ती संस्थाहरुको नाफा झनै प्रभावित हुने भएको छ ।

सूचकमा उच्च गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । साताको कारोबार तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६३ कम्पनीको २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँ बराबरको ८७ लाख ३६ हजार १२८ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । घट्दो बजारमा पनि आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज प्रभु बैंकको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको ३४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको साढे ११ करोड बढीको कारोबरा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here