सेभियाले जित्यो युरोपा लिगको उपाधि

एजेन्सी । स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ।

बुधबार राति भएको फाइनल भिडन्तमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै सेभिया युरोपा लिग च्याम्पियन बनेको हो।

सर्वाधिक युरोपा लिग जित्ने कीर्तिमान बनाएको सेभियाको यो सातौं उपाधि हो। सन् २००६ मा पहिलो पटक युरोपा जितेको सेभियाले त्यसयता २००७, २०१४, २०१५, २०१६ र २०२० मा युरोपा लिगको उपाधि जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here