रावा इनर्जीको आइपीओ खुल्यो

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुल्ला गरेको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ करोड ४३ लाख ६६ हजार ७०० रुपैयाँ बराबरको ६ लाख ४३ हजार ६६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा जेठ २२ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा जेठ ३२ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँद छ ।

कम्पनीले निर्माण गरेको ३ मेगावाटको माथिल्लो रावा खोला जलविद्युत्ले आयोजनाले २०७७ असोज १४ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यसको कुल लागत ६४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ५५ लाख रुपैयाँ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here