भारतबाट बढेर आयो पेट्रोल र डिजेलको भाउ, आयल निगमले यथावत् राख्ने

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार प्राप्त पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ ।

हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ घटेर आएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले १५–१५ दिनमा इन्धनको मूल्य सूची पठाउँछ ।

सो अनुसार अघिल्लो पटकको तुलनामा मूल्य सामान्य बढेर आएको हो । हाल निगमले उपभोक्तालाई पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल र मट्टितेल १५५ रुपैयाँमा बेच्दै आएको छ ।

भारतबाट मूल्य बढेर आएपनि नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने भएको छ। निगमले भारतबाट इन्धनको मूल्य बढेर आएपनि समग्रमा निगम नाफामा रहेकाले हाललाई इन्धनको मूल्य नबढाउने जनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here