राजा वीरेन्द्रको वंश नाश: २२ वर्षसम्म पनि रहस्यमय

काठमाडौं, १९ जेठ । जेठ १९, यो दिन सायद पछिल्लो पुस्ताले जीन्दगीभर नभुल्ने गरी मानसपटलमा गढेर बसेको दिन हो । तत्कालिन समयमा लोकप्रिय नेता थिए राजा वीरेन्द्र ।

१९ जेठ २०५८ मा नारायणहिटी दरवारभित्र भएको गोलिकाण्डमा राजा वीरेन्द्रसहित उनको वंश नै नास भयो । उक्त दिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहित उनको परिवारका सबै सदस्यको हत्या भएको थियो ।

यो घटना पछि तत्कालिन सरकारले गठन गरेको छानविन आयोगले घटना तत्कालिन यूवराज दीपेन्द्रले घटाएको प्रतिवेदन बुझायो । तर, आम सर्वसाधारण भने यो तथ्य मान्न तयार छैनन् । त्यसकारण २२ वर्ष बित्दासमेत दरवार हत्याकाण्ड रहस्यको गर्भमै रहेको छ ।

राजाको वंशनाश पछि पतन भयो राजसंस्था

राजा वीरेन्द्र र उनको वंश नाश भएपछि भने नेपालमा राजसंस्था नै टिक्न सकेन । तत्कालिन समय देशमा माओवादी सशस्त्र आन्दोलनमा थियो । तर, उसको आन्दोलन प्रभावकारी भइसकेको थिएन ।

जब राजसंस्था हत्याकाण्ड मच्चियो, त्यसपछि माओवादीहरु पनि राजसंस्थाको औचित्य सकिएको भन्दै गणतन्त्रको एजेण्डामा अगाडी बढे । घटनापछि वीरेन्द्रका माइला भाई ज्ञानेन्द्र शाह राजा बने ।

तर, उनले देशको बागडोर सम्हालेको ४ वर्षमै राजसस्था नै गुम्न पुग्यो । यसबीचमा माओवादी आन्दोलनसँगै राजनीतिक दलहरुले पनि राजसंस्थाविरुद्ध आन्दोलन गरे र २०६३ सालमा आइपुग्दा देशमा गणतन्त्र झुल्किसकेको थियो ।

कसरी भएको थियो घटना

१९ जेठको रात राजपरिवारका सदस्यहरुको नियमित पारिवारिक रात्री भोज चलिरहेका समयमा हत्याकाण्ड मच्चाइएको थियो । घटनामा राजा वीरेन्द्रको परिवारका ५ सहित १० जनाको निधन भएको तथ्य बाहिर ल्याइएको थियो ।

राजसंस्थाको पतन पछि नारायणहिटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ । सर्वसाधाणले घटनास्थललाई प्रत्यक्ष देख्न सक्छन् ।

त्यो कहाली लाग्दो दिनको कल्पना गर्न सक्छन् । तर, जनताका प्रिय राजालाई कसको गोलीले उडायो, त्यो भने अहिले पनि रहस्यमय नै रहेको छ ।

राजा वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्र शाहले हत्याकाण्ड भएको भएको स्थानमा भोलीपल्टै ताल्चा लगाउन निर्देशन दिएको थिए ।

त्यो ताल्चा १० वर्षपछि मात्र खोलियो । यस प्रकारणले घटनालाई अझ रहस्यमय बनाएको जानकारहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here