सुनको मूल्यमा दिनप्रतिदिन नयाँ रेकर्ड, कति पुग्यो प्रतितोला ?

काठमाडौं । नेपाली बजारमा शुक्रुवार सुनको भाउ फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा आठ सय रुपैयाँ बढी हो।

यो मूल्य हाल सम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here