दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको लागि आवेदन माग

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बजार व्यवस्थापन पदमा नियुक्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सो पदका लागि आवेदन माग गरेको हो ।

यस पदका लागि ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदन पेस गर्दा मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, जनप्रशासन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र पेस गर्नुपर्ने छ । साथै सम्बन्धित क्षेत्रमा सात वर्ष काम गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

इच्छुक सरकारी कर्मचारीको हकमा भने व्यवस्थापन, अर्थशास्त्र, जनप्रशासन विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दशौँ तह वा सो भन्दा माथिल्लो पदमा कम्तीमा सात वर्ष काम गरेको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । इच्छुक व्यक्तिले असार १ गतेभित्र आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here