यी हुन् गर्मीमा तातो हावा ‘लू’ बाट जोगिने उपायहरू

काठमाडौं । विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ।

पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो।

अत्याधिक गर्मीका कारण सबैभन्दा बछि तराईको जनजिवन प्रभावित भइरहेको छ। सर्वसाधारणको जिवन अत्याधिक तापक्रमले गर्दा कष्टकर भइरहेको छ। यसबाट सबैभन्दा बढि स्कूले विद्यार्थी र वृद्धवृद्धाहरु प्रभावित भएका छन्।

विशेषगरी तराईका जिल्लामा तातो हावाले जनजीवन प्रभावित गरिरहेको हुन्छ । लामो समयसम्म अत्यधिक तापक्रममा बस्दा ‘लू’ लाग्ने खतरा हुन्छ ।

मानिस हिँड्दा, काम गर्दा वा खेल्दा तातो हावा तथा घामको असरले मुर्छा पर्ने वा बेहोस हुने हुन्छ । लू लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ ।

यी हुन् लू बाट जोगिने उपायहरू

– दिउँसो घरबाट बाहिर ननिस्कने

– चिसो पानीले नुहाउने

– क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने

– फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने

– खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने

– बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने

– मदिरा सेवन नगर्ने

– चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here