नेपाल आउने यात्रुले खोप लगाएको प्रमाण दिन नपर्ने, मास्क स्वेच्छिक

काठमाडौं । नेपाल आउने यात्रुले अब कोभिड परीक्षण र कोरोनाको खोप लगाएको प्रमाण दिन नपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआइपी) मा रहेको व्यवस्था परिवर्तन गरेको जनाएको छ।

जस अनुसार विदेशबाट नेपाल आउन यात्रुको लागि अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने र कोरोनाकै लागि मास्क अनिवार्य नगर्ने व्यवस्था गरेको छ ।

नेपालमा कोभिड-१९ को संक्रमण दर, अस्पताल भर्ना दरमा उल्लेख्य कमी आएको, अधिकाशंले यस विरुद्धको पूर्ण मात्रा खोप लगाइसकेको र छिमेकी मित्र राष्ट्रमा पनि संक्रमण दर न्युन भएकाले प्रोटकल परिवर्तन गर्दै उक्त व्यवस्था गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here