नेपालमा हिन्दु धर्म मान्नेको जनसंख्या २ करोड ३६ लाख ७७ हजार

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक अनुसार नेपालको कुल जनसंख्याको ८१.१९ प्रतिशतले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये २ करोड ३६ लाख ७७ हजार ७४४ जनाले हिन्दु धर्म मान्ने गरेका छन् ।

२३ लाख ९३ हजार ५४९ जना अर्थात ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिष्टियन धर्म मान्ने गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here