प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री एस जयशंकर बीच भेटवार्ता

काठमाडौं, ४ भदौ । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन काठमाडौं आएका जयशंकरले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका हुन् ।

रविशंकर आजै काठमाडौं आइपुगेका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी भोली स्वदेश फर्कनेछन् ।

बैठकमा नेपाल र भारतबीच दुईपक्षीय सम्बन्धका धेरै विषय छलफलमा समेटिने बताइएको छ ।

राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफलको कार्यक्रम रहेको बताइएकाे छ ।

भेटवार्तामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीको समेत सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here