‘प्रचण्ड’को प्रष्टीकरण-‘मैले कुरा राखेपछि मोदीले सीमा समस्या समाधान गरिनेछ भनेर प्रष्ट भनेका छन्’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्यालाई समाधान गरिनेछ भनेर स्पष्ट शब्दमा भनेको प्रष्टीकरण दिएका छन् ।

जेठ १७ देखि १२ गतेसम्म भएको भारत भ्रमणबारे सोमबारको प्रतिनिधिसभाको बैठकमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नमा जवाफ दिँदै सीमासम्बन्धी विषयलाई कूटनीति संयन्त्रमार्फत् समाधान गर्न भारतका प्रधानमन्त्रीलाई गम्भीर ढंगले आग्रह गरेको बताए ।

उनले भने, ‘भारतिय प्रधानमन्त्रीले पनि संयुक्त पत्रकार सम्मेलनमा सीमालगायतका सबै समस्यालाई समाधान गरिनेछ भनेर स्पष्ट शब्दमा आएको छ । भारतीय प्रधानमन्त्रीबाट सीमाको सम्बन्धी विषयमा स्पष्ट विचार आएको पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’

उनले नेपाल-भारतबीच रहेका सीमाबाहेक डुबान समस्यबारे पनि आफूले कुरा राखेको बताए। प्रचण्डले यही मनसुनअघि नै डुबान रोक्ने उपायबारे दुई देशका संयन्त्रले विकल्प खोज्ने पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here