मेस्सीले छोड्दा एक दिनमै घटे पीएसजीको १६ लाख फलोअर

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) ले लियोनल मेस्सीलाई बिदाइ गरेको पोस्ट सामाजिक सञ्जालमा आएसँगै पीएसजीको इन्स्टाग्राम ह्यान्डलमा फलोअरसँग तीव्र गतिमा घटिरहेको छ ।

शनिबार राति लिग वनको अन्तिम खेल सुरु हुनुअघि पीएसजीको इन्स्टाग्राम ह्यान्डलमा सात करोड चार लाख बढी फलोअर थिए ।

आज सोमबार दिउँसो क्लबको उक्त इन्स्टाग्राम ह्यान्डलमा फलोअरको सङ्ख्या छ करोड ८७ लाख पुगेको छ । अर्थात् एक दिनमा क्लबको फलोअर १६ लाख बढीले घटिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here