अब इन्स्ताग्रामले पनि एआई च्याटबोट ल्याउने

काठमाडौं । अब इन्स्ताग्रामले एआई च्याटबोट ल्याउने भएको छ । एप अनुसन्धानकर्ता अलेसेन्ड्रो पालुजीद्वारा लिंक गरिएका तस्विरले यसलाई पुष्टि गरेको हो ।

पछिल्लो समयमा सामाजिक सञ्जालका प्लेटफर्महरूले आफ्नै एआई च्याटबट सार्वजनिक गर्ने क्रम बढिरहेको छ । यस अघि नै स्न्यापचयाटले आफ्नो च्यटबट सार्वजनिक गरिसकेको छ । टिकटकले पनि आफ्नै एआई च्याटबट ल्याउने तयारी गरिरहेको छ ।

इन्स्टाग्रामका एक इन्जिनियर एलस्यान्ड्रो पलजीका अनुसा च्याटबटमा प्रयोगकर्ताले विभिन्न प्रश्न सोधेर सल्लाहसुझावहरू लिन सक्ने पनि उनले बताएका छन् ।

त्यस्तै यसले मेसेज लेख्न पनि मद्दत गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here