मेयर बालेनले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भूभागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि मेयर शाहले त्यसलाई काउन्टर दिएका हुन् ।

उनले आफू स्वदेश फर्किएपछि सो नक्सा सार्वजनिक गर्ने योजना बनाएका छन् ।

शाह भारत भ्रमणमै रहेका बेला सचिवालयलाई आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएका थिए । पूर्वमा टिष्टा र पश्चिममा काँगडासहितको भूभाग ग्रेटर नेपालभित्र राखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनमा नेपाली भूमिसमेत रहेको ‘अखण्ड भारत’को नक्सा राख्न लगाएपछि अहिले तीब्र विरोध भइरहेको छ । यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here