झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ७.२७ अंकले बढेर १९३९.६१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २७३ कम्पनीको २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँ बराबरको ५९ लाख ६२ हजार ९३ कित्ता शेयर किनबेच भएका छन् ।

बुधवार तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ को परिसूचक बढेको छ भने ४ को घटेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । डोल्टी पावर कम्पनी र भूगोल इनर्जी शेयरमूल्यमा उच्च वृद्धि भएर बन्द भएको छ ।

आज रिभर फल्स पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशतले घटेको छ ।

आज आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स साढे ९ करोड र शिवम् सिमेन्ट साढे ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here