बुढीगण्डकी, आँखु खोला, दरौंदी र तिनाउमा बाढीको जोखिम

काठमाडौं, ४ भदौ । बुढीगण्डकी नदी आरुघाट, आँखु खोला आँखुबगर, दरौंदी नदी नयाँ साँघुु र तिनाउ नदी बुटवलका जलमापन केन्द्रमा बुधबार साँझ जलसतह बढ्दो क्रममा रहेको विभागअन्तर्गतको बाढी पूर्वसूचना महाशाखाले बताएको छ ।

ती क्षेत्रमा जलसतह सतर्कता आसपास पुग्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउने उसले आग्रह गरेको छ ।

त्यसैगरी, गोरखाको बारपाक आसपास भारी वर्षा भइरहेकाले आसपासको खोलामा बाढी आउनका साथै कमजोर भिरालो जमीनमा पहिरो जानसक्ने पनि बताइएको छ ।

मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँकै, रोल्पा र सल्यान भइ बहने साना नदीमा पनि राती आकस्मिक बहाव हुन सक्ने संभावना रहेको पनि विभागको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here