केरला आइपुग्यो मनसुनी वायू, नेपाल पस्न अझै कम्तीमा डेढ साता लाग्ने

काठमाडौं । यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनी वायू भारतको दक्षिणी भाग केरला आइपुगेको छ ।

मौसमविद्का अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । मनसुनी वायू बादल लगाउने र पानी पार्ने वायू हो । नेपालमा मनसुनी वायु प्रवेश गरेपछि मात्र मनसुनी वर्षा सुरु हुन्छ।

केरला आइपुगेको मनसुनी वायु बंगालको खाडीबाट उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट नेपालमा भित्रन्छ।

गत वर्ष नेपालमा जुन ५ मा मनसुनी वायु प्रवेश गरिसके पनि यस वर्ष करिब जुन २० तिरमात्र मनसुनी वायु नेपाल पस्ने सम्भावना रहेको मौसमविद्हरु बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here