चाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा चाँदीको प्रतितोला मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

गत फागुन २९ गतेमा बनेको प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ उच्च मूल्यको रेकर्ड शुक्रबार तोडिएको हो । आज प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो ४ वर्षमै चाँदीको मूल्य दोब्बर भएको छ । २०७६ साल जेठ २७ गते चाँदीको मूल्य प्रतितोला ७१५ रुपैयाँ थियो । यो ४ वर्षको अवधिमा सुनभन्दा चाँदीको मूल्य वृद्धिदर उच्च देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here