कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, बंगालको खाडीको जलवाष्पयुक्त हावा र बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यति वेला कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश र देशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here