लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन सिनामंगलमा प्रहरीले चलायो गोली

काठमाडौं । काठमाडौंको सिनामंगलमा प्रहरीले गोली प्रहार गरेर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।

आइतवार बिहान लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो ।

भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। उनको साथबाट प्रहरीले केही परिमाणमा ब्राउन सुगर बरामद गरेको छ। ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो ।

घाइते अभियुक्तलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here