बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

काठमाडौं । प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटबारे उठेका प्रश्नका जवाफ दिने भएका छन्।

त्यसका लागि आज दिउँसो १ बजे संघीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक बस्दै छ।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेट माथि छलफल भइरहेको थियो, सो क्रम हिजोबाट सकिएपछि सोमवार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन ।

प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here