‘संसदीय क्षेत्र पूर्वाधारको कुरै नगरी संसद् विकास कोषको गलत प्रचार गरियो’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबारे गलत प्रचार गरिएको जिकिर गरेका छन्।

आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।

उनले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नगरी गलत प्रचार बढी भएको बताएका छन्।

संसदमा उठेका विषयमा जवाफ दिनुहुँदै उनले भने, ‘यो कार्यक्रममा बजेटको सीमितता छ। भौतिक पूर्वाधारको निकै माग छ। यस्तो बेला निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तीमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो। यो पूँजीगत खर्च नै हो।’

१ करोड तलको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालयकै हुने उनले प्रष्ट पारे।

यसैगरी, अर्थमन्त्री महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताए। अर्थमन्त्री महतले भने, ‘उपभोग्य वस्तुमा कर लगाएको कुरा आएको छ। यहाँको चासो चिन्ता स्वभाविक हो। तर मेरो उद्देश्य आन्तरिक उत्पादनलाई संरक्षण गर्नु हो।’’

आफ्नो उत्पादनलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाउनुपर्नेसमेत बताए। आलु प्याज जस्ता दैनिक उपभोग्‍य वस्तुहरूमा पनि कर लगाएको तथा मूल्‍यवृद्धि हुने अवस्थाबारेको सांसदहरूको प्रश्नमा अर्थमन्त्री महतले विदेशी उत्पादनहरूलाई निरुत्साहित गर्न यस्तो गर्नुपरेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here