फेरी बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

फाइलफोटो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ फेरी उकालो लागेको छ । केही दिन घटेको सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजार मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।

सोमबार सुन साताको पहिलो दिनका तुलनामा एक सय रुपैयाँले घट्दै प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँ बढेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँ छ। साताको पहिलो दिनका तुलनामा १० रुपैयाँ घट्दा सोमबार प्रतितोला १४ सय ४५ रुपैयाँमा आइपुगेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here