उच्च अंकले बढ्यो नेप्से, कारोबार चार अर्ब नाघ्यो

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७० कम्पनीको ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँ बराबरको १ करोड ८ लाख १ हजार ६९३ कित्ता शेयर किनबेच भएका छन् ।

सोमवारको तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ । आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै आज भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र सिटी होटल लिमिटेडको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीे बढेको छ ।

आज सबैभन्दा बढी प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब चार प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज २७ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here