माइतीघरमा नागरिकता माग्दै धर्ना बसेका युवकले गरे आत्मदाह प्रयास

काठमाडौं । आफूलाई नागरिकताविहीन बनाएको भन्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएको विरोधमा माइतीघरमा प्रदर्शन भइरहेको छ ।

प्रहरीका अनुसार मोरङ कटहरीका निरजकुमार कामत आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।

निरजकुमारका हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । उनका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । १८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पाँच वर्षदेखि नागरिकताका लागि आन्दोलनरत छन् ।

आफैंलाई पेट्रोल खन्याएर आगो लगाउने प्रयास गर्दैगर्दा प्रहरीले रोकेको प्रहरीले बताइएको छ । अहिले उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here