सन्दीप र दीपेन्द्र ग्लोबल टी-२० लिगमा अनुबन्धित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी क्यानडाको ग्लोबल टी–२० मा अनुबन्धित भएका छन् ।

ग्लोबल टी२० ले सार्वजनिक गरेको सबै टिमका खेलाडीहरूको नाममा सन्दीपले सुर्रे जागुराज र दीपेन्द्रले मोन्ट्रेल टाइगर्सबाट खेल्ने पक्का गरेको हो ।

सन्दीप तेस्रोपटक ग्लोबल टी–२० लिग खेल्ने तयारी गरेका हुन् । उनले पहिलो सिजन मोन्टेरियल टाइगर्स र दोस्रो सिजन टोरन्टोबाट लिग खेलेका थिए । सन्दीपसम्मिलित सुर्रेमा एलेक्स हेल्स, लिन्टन कुमार दास, जेसन बेहरेनड्रर्फ जस्ता स्टार छन् ।

दीपेन्द्र विदेशी लिग खेल्ने छैटौँ नेपाली खेलाडी बनेका छन् । यसअघि नेपालबाट सन्दीप लामिछाने, पारस खड्का, सोमपाल कामी, कुशल मल्ल र करण केसी विभिन्न विदेशी लिगमा अनुबन्धित भइसकेका छन् । आसन्न संस्करणको ग्लोबल टी–२० लिग २० जुलाईदेखि सुरु हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here