नेपालमा पनि हनुमानको लागि एक सिट खाली राखिने

काठमाडौं । शुक्रबारदेखि नेपालमा रिलिज हुने प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा नेपालमा पनि हनुमानको लागि एक सिट खाली राखिने भएको छ ।

केही सिनेमा हलले प्रदर्शनको क्रममा हनुमानसहित राम, लक्ष्मण र सीताको लागि पनि सिट खाली राख्ने घोषणा गरेका हुन् ।

नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना फ्रेन्चाइजी हलमा हनुमानको लागि सम्मानको लागि एक सिट खाली राख्ने भएको छ ।यो फिल्मलाई ए(एट सिनेमाले निकै महंगो मूल्यमा नेपाल ल्याउन लागेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here