दोहोरो अंकले बढ्यो नेप्से, कारोबार पाँच अर्ब नाघ्यो

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.४२ अंकले बढेर २०३७.६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७५ कम्पनीको ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ बराबरको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता शेयर किनबेच भएका छन् ।

मंगलवारको तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९४५ दशमलव ४० रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता १६२ दशमलव ५० रुपैयाँ पुगेको छ ।
छ ।

आज सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब पाँच प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज २८ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here