क्रिप्टो र वान एक्स बेटबाट ठगिँदै नेपाली, सट्टेबाजी गर्ने पाँचजना पक्राउ

काठमाडौं । प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीकोे कारोवार गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत सट्टेबाजी गरेर करोडौको कारोवार गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीया श्रीमती अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी-४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशिष लामिछाने छन्।

वानएक्स वेटबाट सट्टेबाजी गर्ने मध्ये पक्राउ पर्ने मुख्य व्यक्ति दिनेश खड्काले मात्रै ६४ करोड भन्दा बढीको कारोबार गरेको देखिएको छ। उनीहरूबाट जम्मा ७४ करोड १३ लाख ५० हजार ७ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको कार्यालयले बताएको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रहरीले उनीहरुका साथबाट विभिन्न बैंकका एटीएम, क्रिप्टोकरेन्सी आईडी, ल्यापटप, डायरी, चेकबुक, पेन ड्राइभलगायत सामानसमेत बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here