नवलपुरमा चौधरी ग्रुपको ‘मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट’ सञ्चालनमा

काठमाडौं। सिजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एन्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ। शाश्वतधाम र सिजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फ प्रेमीहरूका लागि झनै आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ।

अध्यात्म, शान्ती र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावित हुने सिजी हस्पिटालिटीको विश्वास छ। सीजी इन्डस्ट्रियल पार्कभित्र सुन्दर गल्फ मैदानसँगै सञ्चालनमा आएको यस मिरायाका अतिथीहरूले गल्फको विशेष मज्जा लिन पाउनेछन्। साथै, शाश्वतधामका दर्शनार्थीहरूका लागिसमेत यो रिसोर्ट उत्तिकै सुविधाजनक सावित हुने भएको छ।

‘वेलनेस, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनका लागि सिजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रूपमा मिराया वेलनेस एन्ड गल्फ रिसोर्टलाई प्रस्तुत गर्न पाउँदा म हर्षित छु’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं सिजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राहुल चौधरीले भने, ‘मिराया रिसोर्ट सिजी हस्पिटालिटीको मुख्य सिद्धान्तलाई मुर्तरूप दिने गरी तयार गरिएको छ। यहाँ हाम्रा पाहुनाहरूले फरक अनुभुति गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।’


यो रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिक शान्तिसहित साहसिक कार्यका लागि नेपालको विशेष रिसोर्टका रूपमा लिइएको छ। मनमोहक देवचुली पर्वतको फेदमा अवस्थित यो रमणीय गन्तव्य, स्वतन्त्र भ्रमणमा उत्साही यात्रुका लागि पनि उत्कृष्ट गन्तव्य बन्ने विश्वास लिइएको छ।

मिरायामा अतिथिहरूले आफ्नो मनोरञ्जनका आवश्यकताहरू पूरा गर्ने विभिन्न गतिविधि र अन्य सुविधा प्राप्त गर्न सक्नेछन्। रिसोर्टमा स्विमिङ पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन्। साथै वाइन टेस्टिङ वर्कसप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलजस्ता खास सुविधा प्नि रिसोर्टमा उपलब्ध छन्। यहाँ देशको शीर्ष श्रेणीमा रहेको गल्फ कोर्स छ जसका कारण गल्फ खेल्न रुची भएका मानिसका लागि पनि मिराया उत्कृष्ट गन्तव्य बन्नेछ।

मिराया गल्फ एन्ड वेलनेस रिसोर्ट नेपालको ‘बेस्ट केप्ट सेक्रेट’को रूपमा प्रख्यात छ। आरामदायीरूपमा बस्न मन पराउने अतिथि वा उनीहरूको अनुभवलाई प्रयोग गर्न चाहनेका लागि रिसोर्टमा अनसाइट खेल विशेषज्ञ यस कार्यका लागि समर्पित छन्। रमणीय जंगल र प्रकृतिले घेरिएको यस रिसोर्टले आफ्नो बलियो पर्यावरणमैत्री दृष्टिमा गर्व गर्दछ।

रिसोर्टले विभिन्न प्रकारका डाइनिङ विकल्पहरू प्रस्तुत गरेको छ। वेलनेस वेगनएलाइभ रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरीयन कजाइन रेस्टुरेन्ट र स्पोट्र्स बार एन्ड ग्रिल, १९औं होलजस्ता विकल्प यहाँ उपलब्ध छन्।

काठमाडौंदेखि पश्चिम, चितवनको सामिप्यमा रहेको मिरायाबाट देवचुली पर्वतको अविरल दृश्यपान गर्न सकिन्छ। यो भगवान बुद्धको जन्मस्थल लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्जजस्ता उल्लेखनीय गन्तव्यहरूबाट नजिकको दुरीमा छ।

मिरायामा पुग्न यात्राका धेरै विकल्प उपलब्ध छन। यो रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घन्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घन्टाको ड्राइभमा छ। साथै, निजी हेलिकप्टरबाट २०–२५ मिनेटमा काठमाडौंबाट मिरायामा अवतरण गर्न सकिन्छ।

रिसोर्ट विवाह, कर्पोरेट मिटिङ एवं अन्य गतिविधि र निजी योग रिट्रीटहरूसहित विभिन्न कार्यक्रम होस्ट गर्न पनि सुसज्जित बनेको छ। आध्यात्मिक अनुभव खोज्नेहरूका लागि मिरायाले शाश्वतधामको मन्दिर भ्रमण, पूजा र अन्य धार्मिक गतिविधि प्नि उपलब्ध गराउँछ।

सीजी हस्पिटालिटी बहुराष्ट्रिय कम्पनी सीजीकर्प ग्लोबलको मातहतमा तीव्र गतिमा विस्तार भइरहेको एक प्रतिष्ठित आतिथ्य सत्कार कम्पनी हो।

हस्पिटालिटी उद्योगमा दुई दशक लामो इतिहास रहेको सीजी हस्पिटालिटीको छाताभित्र ताज सफारी, भिभान्ता, जेटविङ, इक्हो, फेयरमन्ट, र्‍याडिसन, द फर्न, समिट र द फार्मजस्ता प्रमुख आतिथ्य ब्रान्डहरू छन्।

नेपाल, भारत, श्रीलंका, युनाइटेड अरब इमिरेट्स, भुटान, सिसेलिस, थाइल्यान्ड, चीन, फिलिपिन्स, अमेरिका, माल्दिभ्स केन्यालगायत विभिन्न १२ देशमा सीजी हस्पिटालिटीअन्तर्गत सञ्चालित १ सय ५९ ओटा होटल रहेका छन्। जहाँ ८ हजार ८ सय ६३ कोठा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here