काठमाडौं महानगरले रोक्यो भृकुटीमण्डपको शैक्षिक मेला

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला बन्द गराएको छ।

सहमतिविपरीत एसईई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाममा शुल्कसहित कलेजहरुको विज्ञापन गरेको भन्दै महानगरले शैक्षिक मेला बन्द गराएको हो।

एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको थियो।

असार ३ गते आइतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू राखिएका थिए भने मेलामा निःशुल्क प्रवेश गर्न सकिने व्यवस्था पनि मिलाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here