सेन्सर बोर्डले रोक्यो ‘आदिपुरुष’

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।

शुक्रबारदेखि विश्वव्यापी प्रदर्शन हुन लागेको यो फिल्मको ट्रेलरमा पनि जानकी भारतीय छोरी भएको संवाद प्रस्तुत छ ।

यो संवादलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक विरोध हुँदै आएको छ ।अब यो फिल्म प्रदर्शन गर्न उक्त संवाद हटाएर पुनः सेन्सर बोर्डमा पेश गर्नुपर्ने भएको छ । संवाद हटाएर पेश गरेपछि मात्र फिल्मले प्रदर्शनको लागि अनुमति पत्र प्राप्त गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here