एसिया कप पाकिस्तान र श्रीलंकामा हुने

काठमाडौं । एसिया कप पाकिस्तान र श्रीलंकामा हुने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार एकदिवसीय एसिया कप २०२३ आगामी अगष्ट ३१ देखी १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा हुने जानकारी दिएको हो।

एशिया कपका चार खेल पाकिस्तान र ९ खेल श्रीलंकामा हुने छ। भारत पाकिस्तान जाने नभएपछि श्रीलंकामा ९ खेल हुने एसीसीले जनाएको छ।

नेपालले इतिहासमा पहिलो पटक एसिया कप खेल्दैछ त्यसमा पनि विश्व क्रिकेटका दुई ठूला शक्ति भारत र पाकिस्तानसँग समूह चरणमै खेल्नेछ ।

सुरुमा पाकिस्तानमा हुने भएको एसिया कप पछि भारत र पाकिस्तानको विवादमा कारण अन्योमा परेको थियो । एसिया कपको समूह ए मा नेपाल, भारत र पाकिस्तान छन्। समूह बी श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।

नेपाली टोलीले घरेलु मैदानमा एसिसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here