कोशी सरकारले ल्यायो ३६ अर्ब २४ करोड बजेट, विपक्षी दलको बहिष्कार

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएकोे छ।

चालू आर्थिक वर्षको बजेटभन्दा तीन अर्ब ४९ करोड ४८ लाख रुपैयाँ कम हो। आर्थिक वर्ष २०७९/८० मा तत्कालीन आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको अनुमानित बजेट ल्याएका थिए।

अध्यादेश मार्फत बिहीबार बजेट सार्वजनिक गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कुल बजेटको पूँजीगततर्फ १८ अर्ब २० करोड ४२ लाख ५२ हजार रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरे। यस्तै, चालू खर्चतर्फ १४ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ, वित्तीय व्यवस्थापनतर्फ एक करोड रुपैयाँ, स्थानीय तह वित्तीय हस्तान्तरणमा तीन अर्ब ६० करोड २९ लाख रुपैयाँ प्रस्तुत गरिएको छ।

यसैगरी, संघीय अनुदान फिर्तातर्फ रु.दुई अर्ब विनियोजन गरिएको छ। मुख्यमन्त्री कार्कीले बजेट मार्फत सुत्केरीलाई पोषण र कर्मचारीलाई खाजा खर्च पनि दिने बताएका छन्।

प्रदेशसभाका सदस्यले पूर्वाधार विकास कार्यक्रमका लागि एक अर्ब ५० करोड विनियोजन गरिएको छ । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सामाजिक विकास रुपमान्तरणका कार्यक्रम छनोट गरिने जनाइएको छ । सरकारले अध्यादेशमार्फत बजेट ल्याएपछि प्रमुख विपक्षी दलले घोषणा कार्यक्रम बहिष्कार गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here