नयाँ बसपार्कभन्दा बाहिर राखिएका टिकट काउन्टर हटाउन सुरु

फाइलफोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ । महानगरले आज बिहानैबाट टिकट काउन्टरहरू हटाउन नगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि परिचालन गरेको हो ।

काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभित्रबाट मात्रै टिकट काट्ने व्यवस्था लागू गर्न खोजेको छ ।
जथाभावी राखिएका टिकट काउन्टरले शहरको सुन्दरता घटाएको, ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको र यात्रु ठगिएको गुनासो बढेको थियो ।

काठमाडौं महानगरपालिकाले यसअघि सूचना जारी गरेर नयाँ बसपार्कभित्रबाट मात्रै टिकट काट्ने व्यवस्था गर्नुपर्ने भन्दै त्यसभन्दा बाहिर राखिएका सबै टिकट काउन्टर हटाउन निर्देशन दिएको थियो ।

कलंकी, गौशाला, कोटेश्वर, बालाजु, सुन्धारा लगायतका क्षेत्रमा काउन्टरहरु राखेर सार्वजनिक गाडीका टिकट बिक्री हुँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here