भारतबाट बढेर आयो पेट्रोल र डिजेलको भाउ

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले बठाएको हो ।

आइओसीले निगमलाई हरेक १५/१५ दिनमा पेट्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएर बिक्री\वितरण गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here