‘आदिपुरुष’ विवादबारे संसदमा बालेनको चर्चा, सांसद शाह भन्छन्- ‘हामीले भन्न सक्नुपर्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह ( बालेन) ले भारतीय चलचित्रको संवादबारे गरेको निर्णय सही भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद शाहले भारतबाट विभिन्न बहानामा हस्तक्षेप हुँदै आएको भन्दै सरकारले बोल्नुपर्नेमा बालेनले बोलेको र सही बोलेको उनले बताए ।

परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले यो घटनालाई गम्भीर रुपमा लिनुपर्ने बताउँदै सरकारको ध्यानाकर्षण गराए । हाम्रो इतिहासमाथि छिमेकबाट यस्तो भइरहँदा हामीले भन्न सक्नुपर्छ कि यसले हाम्रो चित्त दुख्छ भनेर ।

सांसद शाहले मेयर बालेनले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर सही गरेको बताए । नेपालको स्वाभिमान र सार्वभौम अस्तित्वमाथि निरन्तर आक्रमण भइरहेको बताउँदै उनले बुद्ध, कालापानी र लिम्पियाधुरा हाम्रो भनेर भारतले नेपालीको चित्त दुःखाउने काम गरेको बताए ।

उनले भने, ‘कहिले सांस्कृतिक नक्सा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ । हाम्रो इतिहासमाथि छिमेकबाट यस्तो भइरहँदा हामीले भन्न सक्नुपर्छ कि यसले हाम्रो चित्त दुख्छ भनेर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here