सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड, प्रत्येक सांसदलाई ३ करोड

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको छ ।

आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् ।

चालु आर्थिक वर्ष ०७९/८० को बजेट भन्दा आर्थिक वर्ष २०८०/८१ को बजेट ७ अर्ब ४८ करोड ५ लाख ६५ हजार कमी हो ।

निर्वाचन क्षेत्रका जनताको माग र आवश्यकता बमोजिम गुणस्तरीय भौतिक, पूर्वाधार विकास निर्माणका लागि यो कार्यक्रम ल्याइएको आर्थिक मामिला मन्त्री नरेशकुमारी शाहीले बजेट भाषणका क्रममा उल्लेख गरे।

उनका अनुसार यो कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका लागि ३ करोड बजेट विनियोजन गरिएको छ।

सडक पूर्वाधारमा न्यूनतम् ५० लाख र अन्य पूर्वाधारमा २५ लाख गरेर प्रत्येक निर्वाचन क्षेत्रका लागि ३-३ करोड छुट्याइएको हो।

चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here