१५ महिना पछि नेपालले पायो प्रधानन्यायाधीश, कार्कीले लिए शपथ

काठमाडौं । आठ महिनायता कायम मुकायम जिम्मेवारीमा रहेका हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त भएका छन् ।

उनले आजै राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिए ।

कार्कीले केही बेरमै सर्वोच्च अदालतपुगेर प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ ।

संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायधीशमा अनुमोदन गरेको थियो । आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here