ललितपुरको इमाडोलमा बस दुर्घटना

काठमाडौं । ललितपुरको इमाडोलमा बस दुर्घटना भएको छ । आज बिहान लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका-१ इमाडोल नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परेको उक्त बसमा २४ जना सवार रहेको प्रहरीले जनाएको छ । जसमध्ये घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here