उद्घाटन भएको ६ महिनापछि पोखरामा आउने भयो विदेशी जहाज

२ असार, काठमाडौ. । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक उद्घाटन भएको ६ महिना पछि अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार)का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ । पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा भाग लिने खेलाडीहरु बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ का दिन उद्घाटन भएको हो । त्यसयता अहिलेसम्म आन्तरिक उडान मात्र भइरहेका थिए । प्राधिकरणका अनुसार सो दिन छेन्दुबाट पोखरा अवतरण गर्ने ए–३१९ जहाज पोखराबाट काठमाडौं आउने छ । सिचुवानले काठमाडौंबाट भने नियमित उडान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here