काठमाडौं । पाँचथरमा अविरल वर्षासँगै आएको बाढीले हेवाखोलाको पुल बगाएको छ। सदरमुकाम फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पक्की पुल गएरातिको बाढीले बगाएको प्रहरीले जनाएको छ ।
हेबा खोलाको पुल बाढीले बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको छ।
मनसुनको प्रभावले पूर्वी पहाडी जिल्लामा केहीदिनदेखि अविरल वर्षा भइरहेको छ।