बाढी पहिरोमा बेपत्ता भएकाको खोजी र उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

af9Lsf] tf08j=== vfFbaf/L, # c;f/ M ;ªv'jf;efsf] r}gk'/ / kfFrvkg gu/kflnsfsf] l;dfgf eO{ aUg] x]jf vf]nfdf uP/flt cfPsf] af9Ln] hf]lvddf k/]sf] a:tL . tl:a/ M ;'hg ah|frfo{ ÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियता पूर्वक लाग्न निर्देशन दिएका छन्।

उनले बाढी प्रभावितका उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिंदै सो अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल गरेका छन्।

प्रधानमन्त्री दाहालले बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

संखुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर संखुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो ।

गए राति पूर्वी नेपालमा आएको भारी वर्षाका कारण बाढी र पहिरो आउँदा सङ्खुवासभामा १७ र पाँचथरमा पाँच जना बेपत्ता भएका छन्। बाढीले मेची राजमार्ग अवरुद्ध भएको जनाइएको छ भने एक जनाको शव फेला परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here