टेस्ट राष्ट्रविरुद्ध अर्धशतक पूरा गर्ने आशिफ शेख दोस्रो क्रिकेटर

काठमाडौं । नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा टेस्ट राष्ट्रविरुद्ध अर्धशतक पूरा गर्ने आशिफ शेख दोस्रो क्रिकेटर बनेका छन् । जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत आशिफले जिम्बाब्वेविरुद्ध अर्धशतक पूरा गरेका हुन् ।

यसअघि कुशल भुर्तेलले नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध पहिलो अर्धशतक पूरा गरेका थिए । आशिफले ८२ बलमा ५ चौकासहित अर्धशतक पुरा गरे ।

नेपालले पहिलो पटक टेस्ट्र राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ र सोही खेलमा आशिफले अर्धशतक पूरा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here