उच्च अंकले बढ्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २८० कम्पनीको ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

विहीवारको तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन ३ अर्ब १६ करोड २८ लाख १० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जीवन बीमा, होटल र अन्य उपसमूहको परिसूचक ६ प्रतिशतले बढेको छ ।

सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

अभियान नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन भेञ्चर हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर नेपाल लघुवित्त वित्तीय संस्था र मेन्छियम हाइड्रोपावरको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था, सिटी होटल लिमिटेड, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, साधना नेपाल लघुवित्त वित्तीय संस्था, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन, नेशनल हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्स र सोल्टी होटल समान साढे १६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here