नेपालले दियो जिम्बाव्वेलाई २९१ रनको लक्ष्य, कुशल र आसिफको कीर्तिमानी साझेदारी

काठमाडौं । ओपनिङ ब्याटर आसिफ शेख र कुशल मल्लको कीर्तिमानी ब्याटिङले नेपालले आईसीसी विश्वकप छनोटको पहिलो खेलमा घरेलु टिम जिम्बाब्वेविरुद्ध २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुके ।

जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे । आसिफ शेख ६६ रनमा आउट भए ।

उनीहरुले पहिलो विकेटका लागि १७१ रनको विशाल साझेदारी गरे, जुन एक दिवसीय अन्तर्राष्ट्रिय म्याचमा कुनै पनि विकेटका लागि नेपालले गरेको उच्च साझेदारी हो ।

अन्तिम ५ ओभरमा नेपालले अपेक्षित रन बटुल्न सकेन । पछिल्ला ओभरहरुमा लगातार विकेट गुमाएपछि नेपाल ३ सय रनको कोसेढुंगा पार गर्न सकेन । आरिफ शेख १०, गुल्शन झा १३ र भिम सार्की ० रनमा आउट भएका थिए । जिम्बाव्वेका रिचर्ड नागरभाले ४ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here